एसीसी महिला प्रिमियर कप खेल्ने टोलीको बिदाइ

हिमाल प्रेस २५ माघ २०८० १८:२९
8
SHARES
एसीसी महिला प्रिमियर कप खेल्ने टोलीको बिदाइ

काठमाडौँ- एसीसी महिला प्रिमियर कप खेल्ने टोलीलाई बिदाइ गरिएको छ। बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच महिला राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको हो। उनीहरुलाई नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरुले बिदाइ गरेका हुन्।

मलेसियामा हुने खेलमा नेपाल सहित आयोजक मलेसिया, संयुक्त अरब ईमिरेट्स (यूएई), थाइल्यान्ड, इण्डोनेसिया, हङकङ, चीन, म्यानमार, भूटान, बहराइन, कुवेत ओमन सिंगापुर, जापान, कतार र माल्दिभ्सले सहभागिता जानउनेछन्।

प्रतियोगिता आगामी फेब्रुअरी १० देखि १८ सम्म मलेसियामा हुँदैछ। प्रतियोगितामा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिनेछ। प्रत्येक समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन्। प्रतियोगिताको फाइनल पुग्ने टोली सन् २०२४ को एसीसी महिला एसिया कपका लागि छनोट हुनेछन्।

नेपाली टोलीमा इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, सीता रानामगर, काजल श्रेष्ठ, अप्सरी बेगम, कविता जोशी, डोली भट्ट, विन्दु रावल, अस्मिना कर्माचार्य, यशोदा बिष्ट, खुसी डंगोल, सबनम राई, रोमा थापा, संगीता राई, सम्झना खड्का, पूजा महतो, कविता कुँवर रहेका छन्।

प्रकाशित: २५ माघ २०८० १८:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast