पाँच लाख रुपैयाँ घूस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा

हिमाल प्रेस २४ माघ २०८० १६:३७
42
SHARES
पाँच लाख रुपैयाँ घूस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा

काठमाडौँ- बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ३ का वडाअध्यक्ष ताराबहादुर कार्की क्षेत्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाअध्यक्ष क्षेत्रीविरुद्ध विशेष अअदालतमा बुधबार मुद्दा दायर गरेको हो। वडाअध्यक्ष क्षेत्रीले घरबाटो सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग घूस लिएको अख्तियारको आरोप छ।

घूस मागेको विशेष सूचनाका आधारमा आयोगको कार्यालय, हेटौंडाबाट खटिई गएको टोलीले वडाअध्यक्ष क्षेत्रीलाई सेवाग्राहीबाट ५ लाख रुपैयाँ घूस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको जनाएको छ।

प्रकाशित: २४ माघ २०८० १६:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast