रविको प्रश्न : सबै जान्‍नु भएको रहेछ, देश बनाउन कसले रोक्यो?

हिमाल प्रेस २४ माघ २०८० १३:२६
6
SHARES
रविको प्रश्न : सबै जान्‍नु भएको रहेछ, देश बनाउन कसले रोक्यो? फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछानेले देश निर्माणका लागि सर्वदलीय बैठक राख्नुपर्ने माग राखेका छन्।

भ्रष्टाचारका ठूला फाइल खुलेपछि शीर्षनेताहरू सर्वदलीय बैठक बस्नुपर्ने भन्दा देशको समस्या समाधानका लागि सर्वदलीय बैठक राख्न अनुरोध गरेका छन्।

‘ठूला फाइल खुल्न थालेपछि कहिले बुढानिलकण्ठ, कहिले बालुवाटार, कहिले बालकोटमा बैठक बस्छ,’ उनले भने,‘ त्यसो हुनुभन्दा हामी छुट्टै विषयमा बैठक बसौँ। जहाँ देश निर्माणका लागि छलफल होस्।’

लामिछानेले ‘प्रोजेक्ट होप’ बनाएर अघि बढ्नुपर्नेमा जोड दिए। उनले रोजगारी कायम गर्न, सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि, रुग्ण भौतिक संरचना र शिक्षा, स्वास्थ्यको विकासका लागि सर्वदलीय बैठक बस्न आग्रह गरेका छन्।

उनले आफ्नै पार्टीका कारण संसद्मा क्यालेन्डर बनेकोमा आफूहरूलाई धन्यवाद दिन अनुरोध गरे। ठूला दलका नेताले सबैकुरा जानेको भए पनि विकास निर्माण गर्न नसकेकोमा उनले प्रश्न गरे।

प्रकाशित: २४ माघ २०८० १३:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast