काठमाडौँ- संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले शपथ लिएका छन्।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पाण्डेयलाई बुधबार बिहान पद तथा गोपनीयताको शपथ खुवाएका हुन्। शपथग्रहण समारोहमा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र कानुनमन्त्री धनराज गुरुङ उपस्थित थिए।
पाण्डेयले कार्यभारसमेत सम्हालिसकेका छन्।
प्रकाशित: २४ माघ २०८० ११:२२
प्रतिक्रिया