काठमाडौँ- नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पत्रकारले लेखेका समाचारले जनमत निर्माण गर्ने भएकाले सही सूचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिएका छन्।
प्रेस चौतारी नेपालको २६औँ स्थापना दिवसका अवसरमा आज (सोमबार) यहाँ आयोजित कार्यक्रममा उनले समाचार सामग्री तथा विचार विश्लेषणले जनमत निर्माण गर्ने भएकाले सत्यतथ्यमा आधारित खबर सम्प्रेषण हुनुपर्नेमा जोड दिए। उनले प्रेस स्वतन्त्रता र नागरिक अधिकारका पक्षमा कलम चलाउनुपर्ने बताए।
उपाध्यक्ष पौडेलले लोकतन्त्रका निम्ति प्रतिपक्षको आवाज महत्त्वपूर्ण हुने भन्दै प्रतिपक्षले उठाएको आवाजलाई सरकारले सुन्नुपर्ने बताए। उनले अहिले एमाले प्रतिपक्षमा रहेको बेला सदनमा मुलुकमा व्याप्त समस्याका बारेमा सशक्त ढंगले आवाज उठाउँदै आएको बताए।
प्रकाशित: २२ माघ २०८० २०:१०
प्रतिक्रिया