दल नेता हटाएपछि खगराजले भेटे प्रचण्ड

हिमाल प्रेस २० माघ २०८० १४:०८
8
SHARES
दल नेता हटाएपछि खगराजले भेटे प्रचण्ड माओवादी नेता खगराज भट्ट। तस्बिर : भट्टको फेसबुक

काठमाडौँ- बहुमत पक्षले संसदीय दलको नेता हडपेपछि नेकपा माओवादी केन्द्र सुदूरपश्चिम माओवादी नेता खगराज भट्ट काठमाडौँ आइपुगेका छन्।

सुदूरपश्चिम प्रदेश माओवादीको दलको नेता रहेका भट्टलाई मानबहादुर धामी पक्षले दलको नेताबाट हटाएको थियो। भट्ट यही गुनासो लिएर काठमाडौँ आएका हुन्। भट्ट निकट स्रोतका अनुसार काठमाडौँ आएर भट्टले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन्।

भेटमा प्रचण्डले आफूले यो घटनाबारे जानकार रहेको बताएका थिए। ‘मैले थाहा पाएँ। अबको मिटिङमा तपाईँको बारेमा छलफल हुन्छ,’ प्रचण्डलाई उदृत गर्दै स्रोतले भन्यो,‘हामी तपाईंमाथि अन्याय हुन दिँदैनौँ।’

स्रोतका अनुसार आउँदो बैठकमा सबै नेता काठमाडौँ आएको बेला छलफल गराउने प्रचण्डको तयारी छ। यद्यपि, दलको नेतामा भने तत्कालका लागि धामी नै रहने भएका छन्। केही दिनअघि मात्रै भट्टलाई संसदीय दलको नेताबाट हटाएर मानबहादुर धामी नियुक्त भएका थिए। योसँगै माओवादी सुदूरपश्चिम प्रदेशमा कलह बढेको छ।

प्रकाशित: २० माघ २०८० १४:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =