कानुन बनाउन सरकारलाई दबाब दिने रास्वपाको निर्णय

हिमाल प्रेस १९ माघ २०८० १७:१४
8
SHARES
कानुन बनाउन सरकारलाई दबाब दिने रास्वपाको निर्णय

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले प्राथमिकतामा रहेका कानुन टुंग्याउन सदनमार्फत सरकारलाई दबाब दिने भएको छ। सिंहदरबारमा शुक्रबार बसेको रास्वपा संसदीय दल बैठकले संसद्को आगामी बैठकमा महत्त्वपूर्ण तथा प्राथमिकतामा रहेका कानुनलाई टुंग्याउन सरकारलाई दबाब दिने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।

उनले भने, ‘संसद्‌मा सरकारले आफूलाई काम गर्न आवश्यक कानुन ल्याउने तर टुंगोमा नपुर्‍याउने देखिएकाले अब मुख्यमुख्य कानुन टुंग्याउन दबाब दिने निर्णय भएको छ।’ नागरिकको अधिकार सुनिश्चित गर्नका लागि सरकारले आवश्यक विधेयक ल्याउन नसके पार्टीले गैरसरकारी विधेयकहरु ल्याउन तयारी गर्ने पनि परियारले बताए।

उनले सदनमा जनसवालका विषयहरुलाई उठाउने र पार्टीका तर्फबाट प्रभावकारी भूमिका निर्वाह गर्ने जानकारी दिए। त्यस्तै परियारले टीआरसी सम्बन्धी विधेयकलाई छिटो टुंगोमा पुर्‍याउनुपर्ने पार्टीको जोड रहेको बताए।

बैठकमा पार्टी सभापति रवि लामिछानले संविधान निर्माणपछि राज्य सञ्चालनका लागि आवश्यक पर्ने विधेयकका बारेमा सांसदहरुसंग जानकारी लिएका थिए।

प्रकाशित: १९ माघ २०८० १७:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast