सामाखुसी क्षेत्रका मेनपावर कम्पनी सात दिनभित्र हटाउन महानगरको निर्देशन

हिमाल प्रेस १९ माघ २०८० १२:५१
124
SHARES
सामाखुसी क्षेत्रका मेनपावर कम्पनी सात दिनभित्र हटाउन महानगरको निर्देशन

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सामाखुसी क्षेत्रमा सञ्चालनमा रहेका मेनपावर कार्यालय हटाउन निर्देशन दिएको छ। महानगरका कर्मचारीहरूले बिहीबार माइकिङ गर्दै सात दिनभित्र कार्यालय हटाउन भनेका हुन्।

महानगरको यस्तो सूचनापछि अन्योलमा परेको व्यवसायीहरूले बताएका छन्। उनीहरूको महानगरको यस्तो निर्णयका बारेमा सरकारसँग छलफल गर्ने तयारी गरेका छन्।

वडा अध्यक्ष हुँदै श्रममन्त्री र प्रधानमन्त्रीसँग छलफल गर्ने निर्णय गरेको वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका पूर्वअध्यक्ष एवम् नौकरी नेपाल रिक्रुटमेन्ट प्रालिका सञ्चालक नरेन्द्रप्रसाद ढकालले जानकारी दिए। उनले भने, ‘हामी यसबारेमा महानगरका प्रमुख बालेन्द्र शाहसँग पनि छलफल गर्नेछौँ।’

वैदेशिक रोजगार व्यवसायी संघका अनुसार सामाखुसी क्षेत्रमा एक सय ५० वटाभन्दा मेनपावर कम्पनी छन्।

प्रकाशित: १९ माघ २०८० १२:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − two =