आज हल्का वर्षाको सम्भावना

हिमाल प्रेस १९ माघ २०८० ६:३८
18
SHARES
आज हल्का वर्षाको सम्भावना

काठमाडौँ- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सफा रहेको जनाएको छ। महाशाखाले आज देशका केही भू-भागमा हल्का वर्षाको सम्भावना रहेको पनि जनाएको छ। हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ।

तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागिरहेको महाशाखाले जनाएको छ। आज कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहनेछ। महाशाखाको भनाइमा दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ।

कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज राति कोशी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाकै भनाइमा कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रकाशित: १९ माघ २०८० ६:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast