पर्चा बाँडेर हिँड्नेलाई काठमाडौँ महानगरले तिरायो १० हजार जरिवाना

हिमाल प्रेस १८ माघ २०८० १६:०५
4
SHARES
पर्चा बाँडेर हिँड्नेलाई काठमाडौँ महानगरले तिरायो १० हजार जरिवाना

काठमाडौँ- सडकमा पर्चा बाँडेर हिँड्ने एकजना महिलालाई काठमाडौं महानगरपालिकाले १० हजार रुपैयाँ जरिवाना तिराएको छ।  काठमाडौं महानगरपालिका-१६ बालाजुमा पर्चा वितरण गरी फोहोर गरेको आरोपमा इन्दिरा विकलाई १० हजार रुपैयाँ जरिवाना तिराएको हो।

महानगरले पछिल्लो समय प्रदूषण गर्नेलाई पनि जरिवाना तिराइरहेको छ। महानगर प्रहरीले पर्चा र पम्प्लेटका कारण सहरमा फोहोर बढेकाले कारबाही गरिएको जनाएको छ।

महानगरले ‘कम्पनीका लागि विभिन्न तहमा जागिर खुल्यो’ शीर्षकको पर्चा बाँडेर फोहोर गरेकाले १० हजार जरिवाना तिराइएको जनाएको छ।

 

प्रकाशित: १८ माघ २०८० १६:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast