
काठमाडौँ- नेपाल नर्सिङ काउन्सिलले लिने नाम दर्ता लाइसेन्स परीक्षाको मिति तय भएको छ। काउन्सिलका अनुसार आगामी चैत ३ गतेलाई परीक्षा तोकिएको छ। परीक्षाका लागि माघ २१ गते आइतबारदेखि अनलाइन फर्म खुल्नेछ।
पीसीएल र बीएस्सी नर्सहरूलाई छुट्टाछुट्टै फर्म भर्न काउन्सिलले आग्रह गरेको छ। नियमित दस्तुर तीन हजार १०० रुपैयाँमा फागुन २१ गतेसम्म र दोब्बर दस्तुर ६ हजार १०० रुपैयाँ तिरेर फागुन २२ देखि २४ गतेसम्म फर्म भर्न सकिनेछ।
प्रकाशित: १८ माघ २०८० १२:२२
प्रतिक्रिया