 
                             
                                            काठमाडौँ- ६० किलो सुन तस्करी प्रकरणमा जोडिएकी अमला रोकाविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले पत्र पठाएसँगै इन्टरपोलले रोल्पाकी अमला रोकाविरुद्ध डिफ्युजन नोटिस जारी गरेको हो।
कमला सुन तस्करीका नाइके चिनियाँ नागरिक दावा लामाकी पत्नी हुन्। श्रीमान् पक्राउ परेपछि उनी फरार छिन्। राजश्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास भएर बाहिरिँदै गरेको ६० किलोभन्दा बढी सुन तस्करी प्रकरणमा उनको समेत संलग्नता खुलेको बताएको छ।
रोकासहितलाई प्रतिवादी बनाउँदै अदालतमा मुद्दा समेत दायर भइसकेको छ। अमला ठेमलस्थित भियना होटलकी सञ्चालकसमेत हुन्। उनीसहित यो प्रकरणमा १८ जनालाई फरार प्रतिवादी बनाइएको छ।
सीआईबीको पत्राचार अनुसार नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौँले डिफ्युजन नजोटिसका लागि इन्टरपोलमा पत्राचार गरेको थियो।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 