३० अंकले घट्यो नेप्से

हिमाल प्रेस १ फागुन २०८० १५:३५ | Tuesday, February 13, 2024
३० अंकले घट्यो नेप्से

काठमाडौँ-  नेप्से परिसूचक मंगलबार साढे ३० अंकले घटेको छ। सोमबार १५.३३ अंक बढेको नेप्से आज ३०.५६ अंक घटेर बन्द भएको छ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार नेप्से २०७०.५९ विन्दुमा बन्द भएको हो। सोमबारको तुलनामा नेप्से १.४५ प्रतिशतले घटेको छ।

यसदिन चार अर्ब ६६ करोड ७१ लाख रुपैयाँको धितोपत्र कारोबार भएको छ। ४० कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने २०३ कम्पनीको सेयर मूल्य घटेको छ। पाँच कम्पनीको सेयर मूल्य भने स्थिर छ।

बोटलर्स नेपाल (बालाजु), समाज लघुवित्त र सुपर माइ हाइड्रोपावर लिमिटेडको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ। गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.७० प्रतिशतले घटेको छ।

हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक मूल्यको सेयर कारोबार भएको छ। यो कम्पनीको ३२ करोड ५० लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ।

कारोबारमा आएका १३ वटै समूहको परिसूचक घटेको छ। सर्वाधिक परिसूचक घट्नेमा फाइनान्स समूह २.४० प्रतिशत छ।

प्रकाशित: १ फागुन २०८० १५:३५ | Tuesday, February 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast