२७ बर्से महासमिति सदस्यको प्रश्न, युवापुस्ता कांग्रेसमा किन लाग्ने जवाफ चाहियो?

हिमाल प्रेस ९ फागुन २०८० १६:३८ | Wednesday, February 21, 2024
२७ बर्से महासमिति सदस्यको प्रश्न, युवापुस्ता कांग्रेसमा किन लाग्ने जवाफ चाहियो?

ललितपुर– नेपाली कांग्रेसको जारी महासमिति बैठकको समूहगत छलफलमा युवापुस्ता कांग्रेसमा किन लाग्ने भन्ने विषयमा प्रश्न उठेको छ। कञ्चनपुरका मदनराज उपाध्यायले आफ्ना अभिभावक कांग्रेस भएकै कारण सन्तान पनि कांग्रेस हुने हो कि केही नीति पनि छ भनेर नेतृत्वसमक्ष प्रश्न उठाएका छन्।

उनले भने, ‘म २७ बर्से युवक हुँ। म मेरो बुबा कांग्रेस भएकाले कांग्रेस हुने ? युवा कांग्रेस किन हुने? कांग्रेस हुने आधार के हो? नेतृत्वले उत्तर दिनुपर्छ।’ उपाध्यायले महासमितिमा जान केही नेताहरूले युवापुस्तालाई रोकेको आरोप लगाए। त्यसरी रोक्नेहरूलाई भोटचाहिँ युवाले नै हाल्नुपरेको गुनासो उनको छ।

‘महासमिति जान नदिने बच्चा हो नजा भन्ने अनि भोटचाहिँ हामीले हाल्नुपर्ने? वडादेखि केन्द्रसम्म ५० प्रतिशत युवा हुनुपर्छ। नभए हामी किन चाहियो?’ उनले भने, ‘किन कांग्रेसमा लाग्ने?’ भ्रातृ संगठनमा नेताहरूले आफ्ना मान्छेलाई मात्रै ठाउँ दिएको आरोप उनको छ।

‘आज खल्तीको मान्छेलाई भ्रातृ संस्थाको पदाधिकारी बनाउनुहुन्छ। अधिवेशन नभएर नेता भेट्न ठिक्क छ। हामी ग्राउन्डमा कहिले जाने? कसरी काम गर्ने?’ उनले प्रश्न गरे। उनले जात र धर्मका नाममा राजनीति नगर्न पनि सुझाव दिए।

प्रकाशित: ९ फागुन २०८० १६:३८ | Wednesday, February 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast