काठमाडौँ- देशका पहाडी भूभागमा अहिले आंशिक बदली छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने जनाएको छ।
कोशी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।
राति कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। बाँकी भागको मौसम सामान्यतया सफा रहनेछ।
प्रकाशित: ३ फागुन २०८० ६:४६ | Thursday, February 15, 2024
प्रतिक्रिया




