हिमपात र वर्षाको सम्भावना छ : मौसम विभाग

हिमाल प्रेस ७ फागुन २०८० ५:५० | Monday, February 19, 2024
हिमपात र वर्षाको सम्भावना छ : मौसम विभाग

काठमाडौँ- देशका धेरै स्थानमा मौसम बदली, वर्षा तथा हिमपातको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आइतबार जारी गरेको ‘हिउँदे मौसमको विशेष बुलेटिन ३’ जारी गरी पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण सोमबारदेखि शुक्रबारसम्म नेपालका धेरै स्थानमा मौसम आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको जानकारी दिएको हो।

‘उक्त पश्चिमी न्यून चापीय प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै जाने क्रममा यस प्रणालीको प्रभावका कारण सोमबारदेखि बुधबारसम्म सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा तथा बागमती र कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकरदूई स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ भने बिहीबारदेखि शुक्रबारसम्म बागमती र कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा तथा सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ’, बुलेटिनमा भनिएको छ।

यसैगरी सोमबार सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थान साथै लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी पहाडी भूभागका एकरदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले जारी गरेको विशेष बुलेटिनमा भनिएको छ, ‘मंगलबारदेखि बुधबारसम्म सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थान तथा बागमती र कोसी प्रदेशका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। बिहीबार बागमती, मधेस र कोसी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।’

प्रकाशित: ७ फागुन २०८० ५:५० | Monday, February 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast