हलमा ‘जिग्री’

हिमाल प्रेस ४ फागुन २०८० १२:०४ | Friday, February 16, 2024
हलमा ‘जिग्री’

काठमाडौँ- फिल्म ‘जिग्री’ बिहानदेखि नेपाली हलहरुमा प्रदर्शन भइरहेको छ। फिल्म आकाश मगरले निर्देशन गरेका हुन्।

‘एउटा आलु जस्तो, अर्को तामा जस्तो’ ट्यागलाइन रहेको फिल्ममा अनेकौँ सपना बोकेर काठमाडौँ आएका दुई फरक युवाको संघर्षको कथा प्रस्तुत गरिएको छ।

ती युवाले महँगी र अभावमा पिल्सदै काठमाडौँमा टिकेर बस्नका लागि गरेको सङ्घर्ष फिल्मको मुख्य विषयवस्तु हो। कमेडी, क्राइम, एक्सन, ड्रामा जनरामा बनेको छ।

शुक्रबार उपत्यकामा क्यूएफएक्स सिनेमाज, एफक्यूब सिनेमाज, बिग मुभिज, बिएसआर मुभिज, क्यूज सिनेमाज, रञ्जना सिनेप्लेक्स, विश्वज्योति सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्सलगायत थुप्रै हलमा फिल्मको शो छ।

फिल्ममा कलाकार अभय बराल, आकाश मगर, सुशीलराज पाण्डे र पशुपति राईको मुख्य भूमिकामा छन्। अन्य कलाकार सुप्रिया राना, रोशन सुवेदी, जीवन बराल, वासुदेव खनाल, नवीन लम्साल, केदार श्रेष्ठ, दिवाकर घिमिरे, सुशीला लक्ष्मी महर्जन, मनिश व्याञ्जु, स्नेहा रसाइली, अर्जुन पौडेल, शंकर भण्डारीलगायतको अभिनय छ।

फिल्मका निर्माता कुमार श्रेष्ठ हुन् भने कार्यकारी निर्मातामा कुसुम थापा मगर छन्। फिल्मको छायांकन सुमित भट्ट र सोमित माझीले गरेका हुन्।

सरुन मानन्धरको सम्पादन, सुवास पौडेल र भास्कर स्वाँरको संगीतमा बनेको फिल्ममा सुस्केरा आर्ट्सको प्रस्तुति तथा लोकल सिनेमाको सहकार्यमा निर्माण भएको छ।

 

प्रकाशित: ४ फागुन २०८० १२:०४ | Friday, February 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast