स्वस्तिमा खड्का साओमीको ब्रान्ड एम्बासडरमा नियुक्त

हिमाल प्रेस २९ माघ २०८० १६:५० | Monday, February 12, 2024
स्वस्तिमा खड्का साओमीको ब्रान्ड एम्बासडरमा नियुक्त

काठमाडौँ- ग्लोबल टेक्नोलोजी लिडर साओमीले अभिनेत्री स्वस्तिमा खड्कालाई आफ्नो ब्रान्ड एम्बासडरका रूपमा नियुक्त गरेको छ। स्वस्तिमा खड्का पछिल्लो समय लोकप्रिय अभिनेत्री मानिन्छिन्।

साओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर मनु मनस्वीले भने, ‘नेपालको लोकप्रिय अभिनेत्री एवम् शालीन व्यक्तित्वकी धनी स्वस्तिमा खड्कालाई साओमीको ब्रान्ड एम्बासडरका रुपमा नियुक्त गर्न पाउँदा हामी निकै उत्साहित छौँ।’

नवनियुक्त ब्रान्ड एम्बासडर स्वस्तिमा खड्काले साओमी जस्तो ग्लोबल टेक्नोलोजी लिडर ब्रान्डको ब्रान्ड एम्बासडर हुन पाउँदा निकै गौरवान्वित भएको बताइन्।

प्रकाशित: २९ माघ २०८० १६:५० | Monday, February 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast