सुर्खेतमा ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु

हिमाल प्रेस १४ फागुन २०८० ७:२८ | Monday, February 26, 2024
सुर्खेतमा ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु

काठमाडौँ- सुर्खेतमा मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ। घटनामा अर्का युवक गम्भीर घाइते भएका छन्।

वीरेन्द्रनगर नगरपालिका–३ एरिचोकका बा९५प ५२९६ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको भे१त४५ नम्बरको ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकलमा सवार युवकको मृत्यु भएको हो।

मृत्यु हुने युवक स्थानीय २८ वर्षीय विजय राना रहेका प्रहरीले जनाएको छ।

ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालक वीरेन्द्रनगर नगरपालिका–१, ढोडेखालीका २३ वर्षीय रुपेश गिरी गम्भीर घाइते भएका प्रहरीले जनाएको छ।

उनको मेहलकुना अस्पतालमा उपचार भइरहेको दुर्घटनापछि फरार भएका ट्याक्टर चालक र साहुको खोजी भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित: १४ फागुन २०८० ७:२८ | Monday, February 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast