सात महिनामा १७ लाख बढी बिमालेख जारी

हिमाल प्रेस १६ फागुन २०८० १५:१३ | Wednesday, February 28, 2024
सात महिनामा १७ लाख बढी बिमालेख जारी

काठमाडौँ- चालु आर्थिक वर्ष २०८०/८१ को ७ महिनामा १७ वटै निर्जीवन बिमा कम्पनीले १७ लाख २ हजार ९ सय ७८ वटा बिमालेख (पोलिसी) जारी गरेका छन्।

नेपाल बिमा प्राधिकरणका अनुसार साे अवधिमा दुई लघुबिमासहित १७ वटा निर्जीवन बिमा कम्पनीले २२ अर्ब ४६ करोड २८ लाख रुपैयाँ बराबरको कारोबारसमेत गरेको प्राधिकारणको तथ्यांकमा छ।

माघ मसान्तसम्म सबैभन्दा धेरै व्यवसाय शिखर इन्स्योरेन्सले गरेको छ। यस कम्पनीले २ अर्ब ८९ करोड ६५ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको प्राधिकरणको तथ्यांकमा छ।

शिखर इन्स्योरेन्सपछि सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले १ लाख ७२ हजार ४७४ वटा बिमालेख बिक्री गरेर २ अर्ब ६७ कारेड २१ लाख रुपैयाँ व्यवसाय गरेको छ।

सिद्धार्थ प्रिमियरले १ लाख ७८ हजार ९३४ वटा बिमालेख बिक्री गरी २ अर्ब २६ करोड ९९ लाख रुपैयाँ व्यवसाय गरेको छ।

सात महिनामा यस्तो छ बिमा कम्पनीहरूको व्यवसाय

प्रकाशित: १६ फागुन २०८० १५:१३ | Wednesday, February 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast