साइमेक्स इंकले ‘बीवाईडी चाइनिज न्यु इयर कप’ को प्रायोजन गर्ने

हिमाल प्रेस २६ माघ २०८० १४:५१ | Friday, February 9, 2024
साइमेक्स इंकले ‘बीवाईडी चाइनिज न्यु इयर कप’ को प्रायोजन गर्ने

काठमाडौँ– साइमेक्स इंक प्रालिले बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिको नेपालका लागि आधिकारिक वितरक, ‘बीवाईडी चाइनिज न्यु इयर कप’ नेपाल-चाइना फ्रेन्डसिप फुटबल खेलको प्रायोजन गर्ने भएको छ। चिनियाँ दूतावास, नेपाल पर्यटन बोर्ड र राष्ट्रिय खेलकुद परिषद्‌द्वारा आयोजना गरिने सो खेल शनिबार दशरथ रंगशालामा आयोजना हुनेछ।

बीवाईडी चाइनिज न्यु इयर कपमा चीनको किन्घाई युथ फुटबल टिम र नेपालको यू-२१ फुटबल टिमबिच प्रतिस्पर्धा हुनेछ। यसले फुटबलको विश्वव्यापी भाषाबाट चीन र नेपालबिचको मित्रता र सांस्कृतिक सम्बन्ध तथा संस्कृति र समुदायबीचको सम्बन्धलाई बलियो बनाउने दाबी कम्पनीको छ।

प्रकाशित: २६ माघ २०८० १४:५१ | Friday, February 9, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast