सरकार–निजी क्षेत्र साझेदारीमा जोड

हिमाल प्रेस २९ माघ २०८० १८:०२ | Monday, February 12, 2024
सरकार–निजी क्षेत्र साझेदारीमा जोड

मोरङ- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकार र निजी क्षेत्रबीच साझेदारी अपरिहार्य भएको बताउँदै देशको आर्थिक उन्नयनका निम्ति उद्यमी–व्यवसायीलाई सघाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासङ्घको आज यहाँ भएको छैटौँ  प्रदेशसभा बैठकमा उनले सरकार र व्यवसायी  एक– अर्काका परिपूरक भएकाले आपसी साझेदारी सहकार्यका आधारमा काम गर्नु आवश्यक भएको बताए।

मुख्यमन्त्री कार्कीले सबै उद्यमी–व्यवसायीले रोजगारी सृजना, राजश्व सङ्कलन तथा योगदानमा सहयोग गर्नुपर्ने तथा सरकारका तर्फबाट पनि उद्योग–व्यवसाय प्रवर्द्धनमा  सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे।

उद्योग, कृषि तथा सहकारीमन्त्री रामकुमार खत्रीले प्रदेशको समृद्धिका लागि निजी क्षेत्रका उद्यमीलाई साथमा लिएर अघि बढ्ने बताए।  महासङ्घका प्रदेश अध्यक्ष राजेन्द्र राउतले प्रदेश लगानी प्राधिकरणमा निजी क्षेत्रको अनिवार्य सहभागिताको व्यवस्था हुनुपर्नेमा जोड दिए। रासस

प्रकाशित: २९ माघ २०८० १८:०२ | Monday, February 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast