 सगरमाथा आरोहीहरू : 
फाइल तस्बिर
                            सगरमाथा आरोहीहरू : 
फाइल तस्बिर
                                            काठमाडौँ– विश्वकै अग्लो सगरमाथा हिमाल आरोहण गर्नेहरूले आफ्नो दिसा बेसक्याम्पसम्म नै फिर्ता ल्याउनुपर्ने भएको छ। आरोहणकर्ताले हिमाल क्षेत्रमा छोड्ने गरेको दिसा र अन्य किसिमको फोहोरले विश्वकै सर्वाेच्च शिखर सगरमाथा दुर्गन्धित हुँदै गएको भन्दै खुम्बु पासाङल्हामु गाउँपालिकाले कडाइ गरेको हो।
माघ २२ गतेको गाउँकार्यपालिकाको बैठकले सगरमाथा क्षेत्रलाई थप सफा बनाउन नयाँ निर्णय भएको गाउँपालिकाका प्रमुख मिङ्मा छिरि शेर्पाले जानकारी दिए। ‘सगरमाथा क्षेत्रमा दिसा, पिसाब जताततै छोड्नाले दुर्गन्ध फैलिने डर भयो,’ उनले हिमालप्रेससँग भने, ‘फोहोरमैला व्यवस्थापनको अधिकार सम्बन्धित स्थानीय तहलाई हुने भएकोले हामीले अबदेखि आरोहण गर्नेले आफूले गरेको दिसा, पिसाबलगायतको फोहोर बेसक्याम्पसम्म ल्याउनै पर्ने नियम बसालेका हौँ।’
उनले यो नियम कडाइका साथ लागू गर्ने र अटेर गर्नेलाई पालिकाले कारबाही गर्ने पनि बताए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 