‘संविधान कांग्रेसको चाहनाअनुसार आएन’

हिमाल प्रेस १० फागुन २०८० १६:०६ | Thursday, February 22, 2024
‘संविधान कांग्रेसको चाहनाअनुसार आएन’

ललितपुर- नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले कांग्रेसले बाध्यतामा परेर संविधान जारी गरेको बताएका छन्। ललितपुरको गोदावरीमा जारी महासमिति बैठकको अन्तिम दिन सुदूरपश्चिम र कोशीको संयुक्त छलफलपछि रिपोर्ट पेस गर्दै उक्त कुरा  यस्तो बताएका हुन्।

‘इतिहास आफैँमा साक्षी छ देश र हामी बाध्यतात्मक अवस्थामा छौँ’, उनले भने, ‘नेपालको संविधान कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्वमा जारी भए पनि संविधान कांग्रेसको चाहनाबमोजिम आएको हैन। यो त राजनीतिक सहमतिको दस्ताबेज संविधान हो।’

बलायरले माओवादीको १० बर्से हिंसात्मक गतिविधिलाई शान्ति प्रक्रियामा ल्याउन कांग्रेसकै अगुवाइमा बृहत् शान्ति सम्झौता भएको बताए। तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बृहत् शान्तिसम्झौता नभएको कांग्रेसको अहिलेको अवस्था निकै कमजोर हुने उनको भनाइ थियो। बलायरले भने, ‘देशको वस्तुस्थिति बुझेर बृहत् शान्तिसम्झौताको माध्यमबाट हुने क्षति न्यूनीकरण भयो। जंगलमा रहेको माओवादीलाई हामीले संसद्भित्र ल्याएका हौँ।’

उनले महासमिति बैठकमा प्रतिनिधिले राखेको अभिव्यक्ति र सुझाव दस्ताबेजका रूपमा पार्टी कार्यालयमा रहने बताए। बलायरले अहिले देशको राजनीति अप्ठ्यारो अवस्थामा रहेको र विपक्षीबाट घेराबन्दी भइरहेको पनि बताए।

प्रकाशित: १० फागुन २०८० १६:०६ | Thursday, February 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast