काठमाडौँ- नेपालका अधिकांश क्षेत्रमा खेती किसानी हुन्छ। मौसमअनुसार उच्च पहाड, पहाड, तराई जहाँसुकै पनि नेपालीको प्रमुख आम्दानीको स्रोत कृषि कर्म हो।
नेपालमा ४१ लाख ३० हजार सात सय ८९ किसान परिवारले २२ लाख १८ हजार चार सय १० हेक्टर जग्गामा कृषिकार्य गर्दै आएका छन्। देशको जम्ममा घरपरिवारमध्ये ६२ प्रतिशत किसान परिवार रहेको २०७८ को कृषि गणनामा उल्लेख छ।
जनगणना २०७८ अनुसार मुलुकमा घरपरिवारको संख्या ६६ लाख ६६ हजार छ। नेपालमा ७०.०४ प्रतिशत किसान परिवारको आम्दानीको मुख्य स्रोत कृषि कार्य हो। कृषिगणनाअनुसार ४५ प्रतिशत कृषक परिवारलाई आफ्नो कृषिकार्यबाट भएको आम्दानीले वर्षभरि खान पुग्छ।









सबै तस्बिर रासस
प्रकाशित: ११ फागुन २०८० ८:१७ | Friday, February 23, 2024
प्रतिक्रिया





