शिक्षकहरू। फाइल तस्बिर। 
                                            काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्रको शिक्षा विकास तथा समन्वय एकाई, सुनसरीले निम्न माध्यमिक तहको स्थायी अध्यापन अनुमतिपत्र (लाइसेन्स) लिन अनुरोध गरेको छ।
शिक्षक सेवा आयोगले लिएको स्थायी अध्यापन अनुमतिपत्रको परीक्षामा सफल हुने (रोल नं. ४०१२००१८२०१ देखि ४०१२००२७२२८ सम्म) हरूले चैत मसान्तभित्र बुझिलिन एकाईले अनुरोध गरेको हो। एकाईले कार्यालयबाटै अध्यापन अनुमतिपत्र बुधबारबाट (माघ १७ गते) देखि वितरण भइरहेको जनाएको छ।
अध्यापन अनुमतिपत्र लिन जाँदा एस.एल.सी., एसईई उत्तीर्ण प्रमाणपत्रको प्रतिलिपी, मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा १२ उत्तीर्ण प्रमाणपत्र तहको ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाणपत्रको प्रतिलिपी, प्रवेशपत्रको प्रतिलिपी, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी,२ प्रति पासपोर्ट साईजको फोटो चाहिने एकाईले जनाएको छ।
सम्बन्धित परीक्षार्थीहरूले पेस गरेको कागजातहरूका फोटोकपीमा सक्कल बमोजिम नक्कल ठिक छ भनी स्वयंले प्रमाणित गर्नुपर्ने एकाईका उपसचिव खगेन्द्रप्रसाद सुवेदीले जनाए।


                                             
                                             
                                             
                                             
                                             
                                             

