 फाइल तस्बिर
                             फाइल तस्बिर 
                                            काठमाडौँ- लेबननमा एक नेपाली शान्ति सैनिकको मृत्यु भएको छ। संयुक्त राष्ट्रसंघको शान्ति स्थापनाको लागि युनाइटेड नेसन्स इन्टरिम फोर्स इन लेबनन (यूएनआईएफआईएल)मा कार्यरत दोलखा घर भएका नेपाली सेनाका सिपाही सुवास थापाको माघ १८ गते निधन भएको हो।
नेपाली सेनाका अनुसार उनी पुरानो गोरख गण (शान्ति सेना) ६४ औं डफ्फामा कार्यरत थिए। गोरख गणको बंकरमा ड्युटीमा तैनाथ रहेकै बेला आफैँले बोकेको हतियारको गोली लागेर घाइते अवस्थामा भेटिएका थिए।
घाइते थापाको उपचारको क्रममा निधन भएको जंगी अड्डाले विज्ञप्तिमार्फत जानकारी दिएको छ। सेनाले घटना कसरी भएको भन्नेबारे अनुसन्धान जारी रहेको उल्लेख गरेको छ। जंगी अड्डाले थापाको शव नेपाल ल्याउन समन्वय भइरहेको पनि जनाएको छ।
सेनाका अनुसार हाल उक्त मिसन तैनाथ रहेको लेबननको सीमावर्ती इलाकामा लडाइँ चलिरहेको छ।


 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
 