विश्वकप लिग २ का खेल एक्सन स्पोर्टस एचडीवानबाट प्रत्यक्ष प्रसारण

हिमाल प्रेस २ फागुन २०८० १४:०५ | Wednesday, February 14, 2024
विश्वकप लिग २ का खेल एक्सन स्पोर्टस एचडीवानबाट प्रत्यक्ष प्रसारण

काठमाडौँ- नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का खेल बिहीबार सुरु हुँदैछ। उक्त खेलको प्रत्यक्ष प्रसारण डिस होम एक्सन स्पोर्टस एचडीवानबाट हुने भएको छ।

आईसीसी लिग टुअन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने त्रिकोणात्मक एकदिवसीय सिरिज प्रत्यक्ष प्रसारण गरिने डिसहोमले जनाएको हो। लिग २ का सबै ६ खेल डिसहोमको एक्सन स्पोर्टस एचडीवानले प्रत्यक्ष प्रसारण गर्नेछ। त्यस्तै एक्सन स्पोर्टसको युट्युब र डिसहोस गो एपबाट पनि प्रत्यक्ष प्रसारण हुने डिसहोमले जनाएको छ।

पहिलो खेल बिहीबार नेपाल र नामिबियाबीच हुनेछ। यसैगरी नेपाल र नेदरल्यान्ड्सबीच शनिबार तथा नामिबिया र नेदरल्यान्ड्सबीच सोमबार प्रतिस्पर्धा हुनेछ। नेपाल र नामिबियाबीच बुधबार र ११ गते शुक्रबार तथा नामिबिया र नेदरल्यान्ड्सबीच खेल हुनेछ। साथै फागुन १३ गते छैटौँ तथा अन्तिम खेल नेपाल र नेदरल्यान्ड्सबीच हुनेछ।

लिग २ मा नेपाल, नामिबिया, नेदरल्यान्ड्ससहित क्यानडा, ओमान, स्कटल्यान्ड, संयुक्त अरब इमिरेट्स, अमेरिका छन्। लिग २ मा हरेक टोलीले ३६ खेल खेल्नेछन्।

प्रकाशित: २ फागुन २०८० १४:०५ | Wednesday, February 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast