काठमाडौँ- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको विद्यार्थी संगठन अखिल (समाजवादी)को अध्यक्षमा नरेन्द्र (सी) विश्वकर्मा निर्वाचित भएका छन्।
संगठनको २३ औँ सम्मेलनले नरेन्द्रलाई अध्यक्ष बनाएको हो।
उपाध्यक्ष्मा ललित विश्वकर्मा (सी), महासचिवमा प्रकाश सी (जप्रेल) र सचिवमा मदन सी (केसी) , प्रितिमा सी(चौधरी ), अटल सी (पाण्डे), कपिल सी (सिंजापति), प्रकाश सी (तिरुवा) , प्रकाश सी (बास्तोला) र नतासा सी (सुवेदी), निर्वाचित भएका छन्।
कोषाध्यक्षमा बबरजङ सी (सिंह) चयन भएका छन्। अखिलको कमिटी १८१ सदस्य बनेकाे जनाइएको छ।
प्रकाशित: १० फागुन २०८० ८:५९ | Thursday, February 22, 2024
प्रतिक्रिया




