विद्यालय कर्मचारीको अछाम र बाजुरा परिषद् भेलामा शिक्षा विधेयक र पेसागत समस्यामाथि छलफल

हिमाल प्रेस ५ फागुन २०८० १८:५६ | Saturday, February 17, 2024
विद्यालय कर्मचारीको अछाम र बाजुरा परिषद् भेलामा शिक्षा विधेयक र पेसागत समस्यामाथि छलफल

काठमाडौँ- नेपाल विद्यालय कर्मचारी परिषद् अछाम र बाजुरा जिल्ला परिषद् भेला सम्पन्न भएको छ। भेलामा उपस्थित कर्मचारीले विद्यालय शिक्षा विधेयक—२०८० मा विद्यालय कर्मचारीका माग समेटेर संसद्को चालु अधिवेशनबाटै पारित हुनुपर्नेमा जोड दिएका छन्। विद्यालय कर्मचारीको विधान बमोजिम यही फागुन ३ गते अछाम र ५ गते बाजुरा जिल्लाको परिषद् भेला भएको हो।

दुबै जिल्लाको परिषद् भेलामा संघीय संसद्मा विचाराधीन विद्यालय शिक्षा विधेयक–२०४० माथि छलफल भएको नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका महासचिव शान्तिनाथ योगीले जानकारी दिए।

साथै शिक्षा विधेयक संसद्को चालु अधिवेशनबाटै पारित हुनुपर्ने विषयमा पनि विद्यालय कर्मचारीहरूले जोड दिए। परिषद् भेलामा नेपाल शिक्षक महासंघको अधिवेशन तथा महाधिवेशनको विषयमा पनि छलफल भएको महासचिव योगीले जानकारी दिए।

भेलामा विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले २०७९/०८० मा काठमाडौँमा गरेको आन्दोलनपछि सरकारसँग भएका सहमति कार्यन्वयन नहुँदा सम्पूर्ण विद्यालय कर्मचारीहरू झन् समस्यामा परेको छलफल भएको थियो।

त्यस्तै सरकारद्वारा विद्यालय कर्मचारीमाथि गरेको अन्यायपूर्ण व्यवहारविरुद्ध चालिने कार्यक्रमा यही फागुन ११, २६, २८ गते हुने राष्ट्रिय समितिको बैठकबाट निर्णय हुने महासचिव योगीले बताए।

त्यस्तै बुढीनन्दा नगरपालिकाका प्रमुख जनक कुमार बोहराले विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका महासचिवको नेतृत्वको टोलीलाई कार्यक्रमपश्चात् आफ्नै कार्यकक्षमा स्वागत गरेका थिए। उनले शिक्षा र स्वास्थ्य क्षेत्र आफ्नो उच्च प्राथमिकतामा रहेको बताए।

प्रकाशित: ५ फागुन २०८० १८:५६ | Saturday, February 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast