वात्सल्यका ब्रान्ड एम्बेसडरमा प्रियंका, आयुष्मान र आयांका

हिमाल प्रेस १ फागुन २०८० १६:०३ | Tuesday, February 13, 2024
वात्सल्यका ब्रान्ड एम्बेसडरमा प्रियंका, आयुष्मान र आयांका

काठमाडौँ- आधुनिक प्रजनन चिकित्साको प्रवर्धन, विकास र प्रयोगमा टेवा पुर्‍याउँदै आएको वात्सल्य नेचुरल आईभीएपले आफ्नो ब्रान्ड एम्बेसडरका रुपमा अभिनेत्री प्रियंका कार्की अभिनेता आयुष्मान देशराज र तिनका सुपुत्री आयांकालाई संयुक्त रूपमा नियुक्त गरेको छ।

वात्सल्यको नारायणचौरस्थित क्लिनिकमा भएको एक कार्यक्रममा दुवै पक्षले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौताबमोजिम प्रियंका कार्की, आयुष्मान देशराज र आयांकाले निःसन्तानसँग सम्बन्धित विषयमा जागरुकता फैलाउने र उपचारमा पहुँच बढाउने कार्यमा संलग्न रहनेछन्।

वात्सल्य क्लिनिकका संस्थापक तथा प्रबन्ध निर्देशक प्रशान्त सुवेदीले ब्रान्ड एम्बेसडरका रूपमा तीनै जनालाई संयुक्त रुपमा लिन पाउँदा खुसी लागेको बताए।

उपचार गराउनु जाती हुन्छ भन्ने सकारात्मक सन्देश फैलाउने भूमिका पाउँदा आफूहरु उत्साहित रहेको अभिनेत्री प्रियंका कार्कीले जानाएकी छिन्। अभिनेता आयुष्मान देशराजले आधुनिक आईभीएफ उपचार प्रविधि लाभकारी रहेको बताए।

प्रकाशित: १ फागुन २०८० १६:०३ | Tuesday, February 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast