लेबनानमा नेपाली शान्ति सैनिकको अदलीबदली

हिमाल प्रेस १३ फागुन २०८० २१:२८ | Sunday, February 25, 2024
लेबनानमा नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ- लेबनानमा नेपाली शान्ति सैनिकको अदलीबदली भएको छ। लेबनानमा तैनाथ पुरानो गोरख गण ६४ औँ डफ्फालाई बदली गर्न इन्द्रध्वज गणको ६५औ डफ्फा त्यसतर्फ प्रस्थान गरेको हो।

गणपति प्रमुख सेनानी अर्जुनविक्रम थापाको नेतृत्वमा आज (आइतबार) २१४ जना शान्ति सैनिकहरू काठमाडौँबाट त्यसतर्फ प्रस्थान गरेका छन्।

त्यस्तै आज (आइतबार) नै त्यहाँ तैनाथ रहेका २०८ जना नेपाली शान्ति सैनिकहरू फर्किएका छन्। हाल सो मिसनमा नेपाली सेनाका ८७३ जना सैनिकहरु कार्यरत छन्।

प्रकाशित: १३ फागुन २०८० २१:२८ | Sunday, February 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast