लुम्बिनी गुरुयोजना कार्यान्वयनका लागि रास्वपाको दबाब यात्रा [तस्बिरसहित]

हिमाल प्रेस २ फागुन २०८० १३:५६ | Wednesday, February 14, 2024
लुम्बिनी गुरुयोजना कार्यान्वयनका लागि रास्वपाको दबाब यात्रा [तस्बिरसहित]

लुम्बिनी- राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रव्यापी दबाब अभियान अन्तर्गत लुम्बिनी गुरुयोजना कार्यान्वयनका लागि दबाब स्वरूप बुधबार पैदल यात्रा गरेको छ।

पार्टी सभापति रवि लामिछानेको उपस्थितिमा करिब १० किमिको पैदल यात्रा गर्दै लुम्बिनी गुरुयोजना कार्यान्वयन गर्न दबाब दिएको हो।

लुम्बिनी गुरुयोजना क्षेत्र उत्तरतर्फको १२ नम्बर गेटबाट निर्माणधीन संरचनाको अवलोकन गर्दै लामिछानेले शान्तिदीप, मायादेवी मन्दिरको दशर्न गर्दै दक्षिणतर्फको ६ नम्बर गेट हुँदै महिलवारचौकसम्म पैदलयात्रा गरे।

महिलबारमा आयोजित कोणसभालाई सम्बोधन गर्दै पार्टी सभापति लामिछानेले ४६ वर्षदेखि अलपत्र लुम्बिनी गुरुयोजना कुनै पनि वाहनामा ढिलाई गर्ने छुट नरहेको बताए।

उनले गौतमबुद्धको पवित्र जन्मभूमिको नाममा कसैले बदमासी गर्न नहुने बताउँदै आफुहरूले गुरुयोजना कार्यान्वयनका लागि निरन्तर दबाब दिने र समाधानपत्र सरकारलाई बुझाउने बताए।

रास्वपाले लुम्बिनीको गुरुयोजना कार्यान्वयनका लागि बजेट अभाव हुन नदिन समेत आग्रह गरेको छ। पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेले मायादेवी मन्दिर अगाडि परेवा उडाएका थिए भने नवनिर्मित दीयो बाल्ने सेडमा दीप प्रज्वलन गरेका थिए।

यसैबीच लामिछानेले लुम्बिनी साँस्कृतिक नगरपालिकाको पार्टी कार्यालयको समेत उद्घाटन गरेका थिए।

प्रकाशित: २ फागुन २०८० १३:५६ | Wednesday, February 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast