विराटनगरबाट लुक्ला माउन्टेन उडान हुन्छ : मुख्यमन्त्री कार्की

हिमाल प्रेस १७ फागुन २०८० १२:१६ | Thursday, February 29, 2024
विराटनगरबाट लुक्ला माउन्टेन उडान हुन्छ : मुख्यमन्त्री कार्की कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की। फाइल तस्बिर।

सोलुखुम्बु- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश राजधानी विराटनगरबाट सगरमाथा क्षेत्रमा उडान भर्ने बताएका छन्।

उनले सगरमाथा क्षेत्रलाई प्रदेश राजधानीसँग जोड्न छिट्टै विराटनगर–लुक्ला माउन्टेन फ्लाइट सुरु गर्ने बताए।

विश्वको सर्वाेच्च शिखर सगरमाथा क्षेत्रलाई प्राथमिकतामा राखेर थप पर्यटन प्रवर्द्धनका लागि विराटनगर–लुक्ला माउन्टेन फ्लाइट सुरु गर्ने योजना रहेको जनाउँदै मुख्यमन्त्री कार्कीले उक्त योजना छिट्टै कार्यान्वयनमा आउने बताए।

‘खुम्बु क्षेत्र संघीय राजधानीसँग नजिक भए पनि प्रदेशसँग विरानो भएको छ’, उनले भने, ‘यसलाई समाधान गर्न हामी गम्भीर छौँ। केही महिनाभित्रै विराटनगर–लुक्ला जहाज उडान गर्ने तयारी गरिरहेका छौँ।’

सगरमाथा क्षेत्रलाई उपयोग गरे पनि यसको संवर्द्धन गर्न राज्यले नसकेको मुख्यमन्त्री कार्कीको भनाइ थियो।

खुम्बुको पर्यटन विकासका लागि आगामी मे २९ तारिख ‘सगरमाथा दिवस’ मनाउन आफूसहितको समूह सगरमाथा क्षेत्र पुग्ने उनले जानकारी दिए।

प्रदेशमा अवस्थित विश्वको शिरलाई प्रवर्द्धन गर्न प्रदेश सरकार सदैव तयर रहेको उनको भनाइ थियो।

प्रकाशित: १७ फागुन २०८० १२:१६ | Thursday, February 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast