 
                            
                                            काठमाडौँ- ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतले कांग्रेस नेता विजय गच्छदारलाई सफाइ दिएको छ। मन्त्रालयले गरेको नीतिगत निर्णयका आधारमा मात्र कसुर नदेखिएको भन्दै विशेष अदालतले गच्छदारलाई सफाइ दिएको हो ।
साथै पूर्वमन्त्रीहरू डम्बर श्रेष्ठ र चन्द्रदेव जोशीलाई लाई पनि सफाइ दिएको छ। उनीहरूविरुद्ध आरोप दाबी पुष्टि हुन नसकेको अदालतले ठहर गरेको छ।
यही मुद्दामा तत्कालीन भौतिक योजना सचिव दीप बस्न्यात र तत्कालीन भूमिसुधार सचिव छविराज पन्त भने दोषी ठहर भएका छन्।
                            प्रकाशित: ३ फागुन  २०८० १९:२२ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 