 
                            
                                            काठमाडौँ- विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा १२ जनालाई दोषी ठहर गरेको छ। विशेष अदालतका न्यायाधीशहरू खुशीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले बिहीबार तत्कालीन मालपोत अधिकृतहरू कलाधर देउजासहित १२ जनालाई दोषी ठहर गरेको हो। २३ दिनसम्मको लगातार सुनुवाइपछि आज फैसला गरिएको हो।
दोषी ठहर भएकाहरूलाई जनही ७५ लाख जरिबाना र २ वर्ष कैद सजाय सुनाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ मा ११० जनासँग बिगो र कैद तथा ६५ जनाबाट जग्गा जफत गर्ने सम्बन्धी अभियोगमा मुद्दा दायर गरेको थियो।
                            प्रकाशित: ३ फागुन  २०८० १८:५८ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 