ललितपुरको इमाडोलमा घाइते महिलाको पनि मृत्यु, प्रहरी भन्छ : घटना शंकास्पद छ

हिमाल प्रेस २८ माघ २०८० ८:२० | Sunday, February 11, 2024
ललितपुरको इमाडोलमा घाइते महिलाको पनि मृत्यु, प्रहरी भन्छ : घटना शंकास्पद छ

काठमाडौँ- ललितपुरको महालक्ष्मी नगरपालिका-४ स्थित इमाडोलमा घरको चौथो तलबाट हामफालेर घाइते महिलाको मृत्यु भएको छ।

शनिबार बेलुका घरको चौथो तलाबाट हामफाल्दा गम्भीर घाइते भएकी महिलाको राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ललितपुरले जानकारी दिएको छ।

‘घटना शंकास्पद छ। कसरी मृत्यु भयो भन्न सकिने अवस्था छैन,’ ललितपुरका प्रहरी प्रवक्ता नवराज कार्कीले हिमाल प्रेससँग भने,‘अब पोस्टम्याटमबाट मात्र खुल्नेछ।’

प्रहरीका अनुसार महिलालाई हामफाल्दै गर्दा छिमेकीले देखेका थिए। घाइते महिलालाई अस्पताल भर्ना गरिएको थियो। तर अस्पतालले मृत घोषणा गर्‍यो।

कार्कीका अनुसार सोही घरमा अचेत अवस्थामा फेला परेका दुई बालबालिकाको मृत्यु भएको छ। घटनाको कारण नखुलेको र अनुसन्धान जारी रहेको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए।

ललितपुरको इमाडोलमा दुई बच्चा मृत भेटिए, आमा गम्भीर घाइते

प्रकाशित: २८ माघ २०८० ८:२० | Sunday, February 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast