रेशम चौधरीको पार्टी सदस्यतामाथि नै आयोगको प्रश्न

हिमाल प्रेस ११ फागुन २०८० १७:४८ | Friday, February 23, 2024
रेशम चौधरीको पार्टी सदस्यतामाथि नै आयोगको प्रश्न फाइल तस्बिर

काठमाडौँ- निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा)का अध्यक्ष रेशम चौधरीको सदस्यतामा नै प्रश्न उठाएको छ। आयोगले नाउपालाई पत्र पठाउँदै चौधरीले पार्टी सदस्यता लिएको मितिका बारेमा जानकारी मागेको छ।

गत माघ २९ गते नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरी पार्टी अध्यक्ष भएकोसहितको दलको विवरण अध्यावधिका लागि निर्वाचन आयोगका निवेदन दिएको थियो।

आयोगका अनुसार केही प्रश्न सोधिएको छ। उक्त जवाफ आएपछि थप निर्णय गर्ने आयोगले जनाएको छ।

प्रकाशित: ११ फागुन २०८० १७:४८ | Friday, February 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast