रूख काट्ने हतियार उछिटिएर लाग्दा युवाको मृत्यु

हिमाल प्रेस २८ माघ २०८० ८:४७ | Sunday, February 11, 2024
रूख काट्ने हतियार उछिटिएर लाग्दा युवाको मृत्यु सांकेतिक तस्बिर।

धादिङ- रूख काट्ने हतियार उछिटिएर लाग्दा धादिङमा एकजनाको मृत्यु भएको छ।

विद्युतीय आरो उछि काटेर धादिङस्थित नीलकण्ठ नगरपालिका–८, साघुटारका ३८ वर्षीय राजकुमार श्रेष्ठको मृत्यु भएको हो।

अमरावती सामुदायिक वन गोडमेल गर्ने क्रममा दाउरा काट्न प्रयोग गरिएको विद्युतीय आरोले शरिर रेटिँदा घाइते भएका श्रेष्ठको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

रूख काट्दा चलाएको आरो उछिट्टिएर श्रेष्ठलाई लागेको प्रत्यक्षदर्शीले बताएका छन्।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार आराले पेट र छातीको बायाँ भागमा काटिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: २८ माघ २०८० ८:४७ | Sunday, February 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast