राष्ट्र संघले गाजाका प्यालेस्टिनी शरणार्थीका लागि पठाएको राहत इजरायलबाट अस्वीकार

हिमाल प्रेस २७ माघ २०८० १२:३१ | Saturday, February 10, 2024
राष्ट्र संघले गाजाका प्यालेस्टिनी शरणार्थीका लागि पठाएको राहत इजरायलबाट अस्वीकार

गाजा- उत्तरी गाजाका प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय राहत तथा कार्य निकाय (यूएनआरडब्ल्यूए) ले शुक्रबार पेस गरेको आधा सहायता अनुरोधलाई इजरायलले अस्वीकार गरेको छ।

यूएनआरडब्ल्यूए प्रमुख फिलिप लजारिनीले यस वर्षको सुरुदेखि नै उत्तरमा पेस गरेका आधा सहायता अनुरोधहरू अस्वीकृत भएको बताएका हुन्।

संयुक्त राष्ट्रसंघले उत्तरी गाजा पट्टीमा अनिकाल र भोकमरी यस क्षेत्रको पहिचान बनेको जनाएको छ ।

लजारिनीले उत्तरमा करिब तीन लाख मानिसहरू बाँच्नका लागि एजेन्सीको सहायतामा निर्भर रहेको उल्लेख गर्दै जीवन बचाउने मानवीय सहायताको पहुँच अवरुद्ध भइरहेको उल्लेख गरे।

गाजास्थित सरकारी सञ्चारमाध्यमका अनुसार इजरायलले निरन्तर घेराबन्दी र खाना, पानी र पोषणलाई प्रवेश गर्नबाट रोकेको कारण पिठो चामललगायतका सामानहरू सकिइसकेका छन्।

गाजा क्षेत्रका बासिन्दाहरूले आफ्नो लागि आएको खाद्यान्न सहायता रोकिँदा यसको सट्टा पशुखाद्य र अन्न पिस्न बाध्य भएको र अहिले चलिरहेको आक्रमणको बीचमा वास्तविक अनिकालको सामना गरिरहेको विज्ञप्तिमार्फत कार्यालयले जनाएको छ।

गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीहरूको संख्या २७ हजार नौ सय ४७ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ। रासस/सिन्ह्वा

प्रकाशित: २७ माघ २०८० १२:३१ | Saturday, February 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast