राष्ट्रिय क्रिकेट खेलाडीलाई मासिक एक लाख तलब [क्यानको निर्णयसहित]

हिमाल प्रेस १४ फागुन २०८० १५:०३ | Monday, February 26, 2024
राष्ट्रिय क्रिकेट खेलाडीलाई मासिक एक लाख तलब [क्यानको निर्णयसहित] फाइल तस्बिर

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेट खेलाडीको वर्गीकरण गरी तलब मापन तय गरेको छ। क्यानले कप्तान रोहित कुमार पौडेलसहित केन्द्रिय सम्झौताको ए ग्रेड मा परेका ६ खेलाडीलाई मासिक एक लाख रुपैयाँ तलब दिने भएको हो।

क्यानको फाल्गुन १२ र १४ बसेको केन्द्रिय कार्यसमितिको बोर्ड बैठकले पुरुषतर्फ ए ग्रेडमा पर्ने खेलाडीलाई मासिक १ लाख रुपैयाँ तलब दिने निर्णय गरेको हो। पुरुषतर्फ बी ग्रेडलाई ७० हजार, सी लाई ५५ हजार, डी लाई ३५ हजार तथा इमर्जिङ क्याटगोरीलाई २५ हजार रुपैयाँ दिने निर्णय गरेको हो।

त्यस्तै महिलातर्फ ए ग्रेडका खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। बी ग्रेडलाई ३५ हजार, सी लाई ३० हजार, डी लाई २५ हजार तथा इमर्जिङ क्याटगोरीलाई २० हजार रुपैयाँ दिने निर्णय गरेको हो।

पुरुषतर्फ ग्रेड

ग्रेड ए – रोहित पौडेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, कुशल भुर्तेल

ग्रेड बी – कुशल मल्ल, गुलशन झा, भीम सार्की, ललित नारायाण राजवंशी, अभिनाश बोहोरा

ग्रेड सी – विनोद भण्डारी, अर्जुन साउद, सन्दीप जोरा, प्रतिश जिसी

ग्रेड डी – पवन सर्राफ, सागर ढकाल, अनिल शाह, विवेक कुमार यादव, आकाश चन्द, बसिर अहमद, सूर्य तामाङ

इमर्जिङ क्याटगोरी – दीपेश कँडेल, रुपेश सिंह, रिजन ढकाल, विपिन खत्री, देव खनाल, अर्जुन घर्ती, हेमन्त धामी

महिलातर्फ ग्रेड

ग्रेड ए – इन्दु वर्मा, रुविना क्षेत्री, सिता रानामगर

ग्रेड बी – कविता कुँवर

ग्रेड सी – पुजा महतो, अश्मिना कर्मचार्य

ग्रेड डी – अप्सरी बेगम, कविता जोशी, संगीता राई, काजोल श्रेष्ठ, विन्दु रावल

इमर्जीङ – सोनी पाख्रिन, खुसी डंगोल, ज्योत्स्निका मरासिनी, कन्चन श्रेष्ठ, रुवी पोदार, सृष्टि जैशी, सम्झना खड्का, सना प्रविन

प्रकाशित: १४ फागुन २०८० १५:०३ | Monday, February 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast