काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमकाे प्रस्ताव पेस गर्न आग्रह गरेको छ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७६ को दफा ३ मा व्यवस्था भए बमोजिमको गत पुस २९ गते बसेको निर्देशक समितिको बैठकको निर्णयबाट आगामी आर्थिक वर्षका लागि प्रस्ताव पेस गर्न आग्रह गरिएको हो।
प्रस्ताव माग गरिएका क्षेत्रहरूमा विद्यालय भौतिक पूर्वाधार विकास कार्यक्रम (४ कोठे विद्यालय भवन), सूचना प्रविधि ल्याब व्यवस्थापन र डिजिटल लाइब्रेरी, प्राविधिक धारका कार्यक्रम सञ्चालन रहेका छन्।
विस्तृत
प्रकाशित: १२ फागुन २०८० १६:३३ | Saturday, February 24, 2024
प्रतिक्रिया



