राष्ट्रपति एक, प्रधानमन्त्री दुई, मन्त्री तीन र सांसद चारपटकभन्दा बढी बन्न नपाउने महामन्त्री शर्माको प्रस्ताव

सन्तोष अधिकारी ८ फागुन २०८० १६:१९ | Tuesday, February 20, 2024
राष्ट्रपति एक, प्रधानमन्त्री दुई, मन्त्री तीन र सांसद चारपटकभन्दा बढी बन्न नपाउने महामन्त्री शर्माको प्रस्ताव

ललितपुर- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीबाट प्रतिनिधित्व गर्दै सरकारमा सहभागी हुनेहरूको कार्यकालको समयावधि तोक्न प्रस्ताव गरेका छन्। ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा महामन्त्री शर्माले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसदको कार्यकालका बारेमा प्रस्ताव गरेका गरेका हुन्।

‘पार्टीको केन्द्रीय या जिल्ला समितिको सभापति पदमा दुईपटक मात्र जिम्मेवारी सम्हाल्न पाउने प्रावधान नेपाली कांग्रेसले सुरु गरेर कार्यान्वयनमा लगिसकेको छ’, उनले प्रतिवेदनमा उल्लेख गरेका छन्।

महामन्त्री शर्माले शासन प्रणालीमा राष्ट्रपति एकपटक, प्रधानमन्त्री दुईपटक, मन्त्री तीनपटक र सांसद चारपटकसम्म मात्र बन्न पाउने प्रस्ताव गरेका छन्। ‘अब मुलुकको शासन प्रणालीमा अवलम्बन गर्न जरुरी छ। राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसदको कार्यकाललाई १, २, ३ र ४ को सिद्धान्तले बाँध्ने पद्धतिको प्रस्ताव नेपाली कांग्रेस गर्दछ’, उनले प्रस्तावमा लेखेका छन्।

उनले यो वाचन गरेपछि हलमा सहभागी महासमिति सदस्यहरूले ताली बजाएर समर्थन जनाएका थिए।

शर्माले एकै घरपरिवारबाट एकै तहको संसद्‌मा उम्मेदवार बन्ने परिपाटी आलोचित भएको पनि उल्लेख गरेका छन्। उनले व्यक्तिको स्वतन्त्र अधिकारलाई परिवारका सदस्यसँग जोडेर कुण्ठित गर्न नमिल्ने बताउँदै यस्ता आलोचना हुने अवस्थाको विकल्प सोच्नुपर्ने पनि बताए।

प्रकाशित: ८ फागुन २०८० १६:१९ | Tuesday, February 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast