रामग्रामको जग्गा भाडामा दिने सम्झौता रद्द

हिमाल प्रेस १ फागुन २०८० १७:१५ | Tuesday, February 13, 2024
रामग्रामको जग्गा भाडामा दिने सम्झौता रद्द

काठमाडौँ- गौतम बुद्धको अस्थिधातु स्तुप क्षेत्र नवलपरासीको रामग्रामको जग्गा भाडामा दिएर संरचना बनाउने सम्झौता रद्द गर्ने संसद्‌को सार्वजनिक लेखा समितिको निर्देशन कार्यान्वयनमा गएको छ।

समितिको निर्देशनपछि मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीको अध्यक्षतामा बसेको कोष कार्यकारिणी समितिको बैठकले समितिको निर्देशन कार्यान्वयन गर्ने निर्णय गरेको हो। प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले गएको आइतबार मात्रै सबै प्रक्रिया रद्द गर्न निर्देशन दिएको थियो।

कोषका उपाध्यक्ष ल्हारक्याल लामाले लुम्बिनी कोषको उपाध्यक्षमा नियुक्ति भएलगत्तै नेपाल सरकारको पूर्वस्वीकृतिबिनै पुरातात्विक सम्पदा क्षेत्र ‘द प्रमिष्ड ल्याण्ड प्रालि’ नामक कम्पनीलाई ९९ वर्षसम्म लिजमा सुम्पने सम्झौतामा हस्ताक्षर गरेका थिए।

मन्त्री किरातीले कोषको कार्यकारिणी समितिको निर्णयबारे प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, पर्यटन मन्त्रालय, अर्थ मन्त्रालय र लुम्बिनी कोषलाई जानकारी दिइएको बताए।

रामग्राम क्षेत्रलाई भाडामा लगाउने सम्झौता खारेज गर्न समितिको निर्देशन

प्रकाशित: १ फागुन २०८० १७:१५ | Tuesday, February 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast