‘रङ्गेली’को दोस्रो गीत ‘दुल्हा दुल्हन’

हिमाल प्रेस ४ फागुन २०८० ११:१७ | Friday, February 16, 2024
‘रङ्गेली’को दोस्रो गीत ‘दुल्हा दुल्हन’

काठमाडौँ- फिल्म ‘रङ्गेली’ को दोस्रो गीत ‘दुल्हा दुल्हन’ सार्वजनिक भएको छ। निशान भट्टराईको स्वर रहेको गीतमा सविन एकतारेको शब्द र सुशान्त गौतमको संगीत छ।

अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको विवाह समारोहमा भएको सांगीतिक कार्यक्रमको पृष्ठभूमिमा तयार गीतको भिडियोमा अभिनेता विजय बराललाई प्रमुख स्थान दिइएको छ। बराल ‘कमेडी’ शैलीमा प्रस्तुत भएका छन्।

फागुन २५ गते प्रदर्शन हुने ‘रङ्गेली’लाई अर्जुन सुवेदीले निर्देशन गरेका हुन्। सुवेदी नै फिल्मका लेखक हुन्। फिल्ममा दयाहाङ राई, अर्पण थापा, मिरुना मगर, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायत कलाकारको अभिनय छ।

फिल्मका कार्यकारी निर्माता जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् भने निर्मातामा संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ छन्। युवक कार्की र शिव शङ्कर चौलागाईँ सह–निर्माता हुन्।

सुशन प्रजापतिले छायांकन गरेको फिल्म अमेरिकामा कलाकारसहित भिआइपी रेड कार्पेट प्रिमियर हुनेछ।

प्रकाशित: ४ फागुन २०८० ११:१७ | Friday, February 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast