‘रङ्गेली’को ट्रेलरमा शक्तिको खेल

हिमाल प्रेस ९ फागुन २०८० १७:०१ | Wednesday, February 21, 2024
‘रङ्गेली’को ट्रेलरमा शक्तिको खेल

काठमाडौँ- फिल्म ‘रङ्गेली’को ट्रेलर सार्वजनिक भएको छ। यही फागुन २५ देखि प्रदर्शन हुने फिल्मको बुधबार ट्रेलर सार्वजनिक गरिएको हो।

सार्वजनिक ट्रेलरमा शक्तिको खेललाई प्रस्तुत गरिएको छ। अर्जुन सुवेदीको लेखन तथा निर्देशकमा बनेको फिल्ममा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताललगायत कलाकारको अभिनय छ।

फिल्मका निर्मातामा संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ छन भने कार्यकारी निर्माता जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन्।

सुशन प्रजापतिले छायांकन गरेको फिल्म सुशन प्रजापतिले छायांकन गरेको फिल्म प्लानेट थ्री फिल्म्स् एन्ड प्याराडाइज पिक्चर्सको ब्यानरमा बनेको छ।

 यस्ताे छ ट्रेलर

प्रकाशित: ९ फागुन २०८० १७:०१ | Wednesday, February 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast