युक्रेनमा रुसी ड्रोन आक्रमणमा बालबालिकासहित सात जनाको मृत्यु

हिमाल प्रेस २७ माघ २०८० १८:४६ | Saturday, February 10, 2024
युक्रेनमा रुसी ड्रोन आक्रमणमा बालबालिकासहित सात जनाको मृत्यु

कीएभ- पूर्वी युक्रेनको खार्किभ सहरमा रहेको एक पेट्रोल पम्पमा शनिबार रुसी ड्रोन आक्रमणमा परी तीन बालबालिकासहित सात जनाको मृत्यु भएको छ।

‘खार्किभमा कब्जाधारीहरूले गरेको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ,’ओलेग सिनेगुबोभले टेलिग्रामको सामाजिक सञ्जालमा लेखेकाे भनाइ हाे याे। मृतकमध्ये क्रमशः ७ र ४ वर्ष र छ महिनाका बालबालिका रहेका छन्।

खार्किभका मेयर इगोर टेरेखोभकाे भनाइमा आक्रमणका कारण इन्धन केन्द्रमा विस्फोट हुँदा नजिकैका घरभित्र रहेका कम्तीमा ५० जनालाई सुरक्षित स्थानमा सारिएको छ।

‘शत्रुको इरान निर्मित ड्रोनले पेट्रोल पम्पमा प्रहार गर्दा इन्धन विस्फोट भई १४ वटा निजी घरहरू जलेका छन्,’उनकाे भनाइ छ।

खार्किभ र क्षेत्रीय राजधानीको पूर्वमा रहेको एउटा गाउँमा रातको समयमा भएको आक्रमणपछि शनिबार पनि आक्रमणहरू भएका छन् । रासस/एएफपी

प्रकाशित: २७ माघ २०८० १८:४६ | Saturday, February 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast