यातायातमन्त्री प्रकाश ज्वालालाई सरकारबाट फिर्ता बोलाउनेबारे नेकपा एसमा छलफल

हिमाल प्रेस ११ फागुन २०८० ७:३८ | Friday, February 23, 2024
यातायातमन्त्री प्रकाश ज्वालालाई सरकारबाट फिर्ता बोलाउनेबारे नेकपा एसमा छलफल भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला।

काठमाडौँ- माधवकुमार नेतृत्वकाे नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले सरकारसँग बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न माग गरेको छ।

पार्टी अध्यक्ष नेपालको अध्यक्षतामा बिहीबार भएको बैठकमा प्रतिवेदनको थप अध्ययनपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई वा पार्टीलाई नै सरकारबाट फिर्ता बोलाउने विषयमा पार्टीले निर्णय लिने समझदारी भएको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

गत पुस १३ गते बालकुमारी घटनामा दुईजना युवकको मृत्यु भएको थियो। बैठकमा देशको समसामयिक राजनीतिक अवस्था, सरकारको नीति तथा कार्यक्रमअनुसार कार्यप्रगतिको समीक्षा, मिटरब्याज पीडितका समस्या, सुशासन कायम गर्न पार्टीले निर्वाह गरेको भूमिकालगायत विषयमा छलफल भएको थियो।

पार्टीले सञ्चालन गरेको महाधिवेशन केन्द्रित अभियान, पार्टी निकट जनवर्गीय संगठनका कार्यक्रमबारे पनि बैठकमा छलफल भएको थियो।

प्रकाशित: ११ फागुन २०८० ७:३८ | Friday, February 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast