‘मेयर’को शुभ मुहूर्त

हिमाल प्रेस २ फागुन २०८० १३:५१ | Wednesday, February 14, 2024
‘मेयर’को शुभ मुहूर्त

काठमाडौँ- दीपेन्द्र के खनालको निर्देशन रहने फिल्म ‘मेयर’को शुभ मुहूर्त भएको छ।  दरबारमार्गस्थित चतुर्भुज नारायणस्थान मन्दिरमा बुधबार शुभ मुहूर्त गरिएको हो।

फिल्म सर्लाही जिल्लाको बागमती नगरपालिकाका वर्तमान मेयर भरत थापाको जीवन संघर्षमा आधारित रहने निर्माण टिमले जनाएको छ। मेयर थापाको भूमिकामा अभिनेता खगेन्द्र लामिछानेले अभिनय गर्नेछन् भने अभिनेत्री वर्षा राउत लामिछानेको जोडी बन्नेछिन्।

केही राम्रो काम गरेर छाड्छु भन्ने संकल्प बोकेको एक मान्छेले कठिन परिस्थिति र विविध अवरोधका बीच कसरी समाजलाई राम्रो बाटोमा डोर्याउन सक्छ भन्ने कथामा फिल्म बन्ने जनाइएको छ।

फिल्ममा अन्य कलाकार अर्पण थापा, अनुप बराल, दिव्य देव, प्रकाश घिमिरे, हरिहर शर्मा, रवीन्द्र झा, रमेश बुढाथोकी, अर्विशा थापा, संजोग रसाईली, आशान्त शर्मा, प्रभाकर न्यौपाने, झकेन बिसीलगायतको अभिनय रहनेछ।

फिल्ममा शर्मिला पाण्डे र श्रृष्टिमाँ खनालको लगानी रहनेछ। निर्देशक खनालकी सुपुत्री श्रृष्टिमाँ खनालले निर्माताका रुपमा र अर्विशाले कलाकारका रुपमा डेब्यू गर्दैछन्। अर्विशा मेयर भरत थापाकी छोरी हुन्।

महेश दवाडीको पटकथा रहेको फिल्म कृष्ण थापाले छायांकन गर्नेछन्।  फागुनको १२ देखि काठमाडौं र सर्लाहीमा फिल्मको छायांकन हुने निर्माण टिमले जनाइएको छ।

प्रकाशित: २ फागुन २०८० १३:५१ | Wednesday, February 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast