माओवादी बैठक : विधान अधिवेशनको प्रस्ताव तयार पार्ने जिम्मेवारी पदाधिकारीलाई

हिमाल प्रेस २७ माघ २०८० १९:२९ | Saturday, February 10, 2024
माओवादी बैठक : विधान अधिवेशनको प्रस्ताव तयार पार्ने जिम्मेवारी पदाधिकारीलाई

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) ले पार्टीको विधान अधिवेशनका लागि प्रस्ताव तयार पार्ने जिम्मेवारी पार्टी पदाधिकारीलाई दिने निर्णय गरेको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार र शनिबार दुई दिन बसेको पार्टी स्थायी समिति बैठकले अधिवेशनका लागि प्रस्ताव तयार पार्ने जिम्मेवारी पार्टी पदाधिकारीलाई दिने निर्णय गरेको हो।

बैठकमा नेताहरूबीच पार्टीको केन्द्रीय समिति १५१ सदस्य रहने प्रस्तावमा सहमति भएको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

माओवादी केन्द्रले आगामी फागुन १, २ र ३ गते विधान अधिवेशन गर्दैछ। माओवादी केन्द्रले केन्द्रीय समिति बैठक आइतबारबाट सुरु हुँदैछ।

प्रकाशित: २७ माघ २०८० १९:२९ | Saturday, February 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast